काठमाडौं । वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा दुई जना प्रकाउ परेका छन् ।
ललितपुर महालक्ष्मी नगरपालिक(७ बस्ने सुर्खेत चिङगाड गाउँपालिका(५ घर भएका सुरेश राना र काठमाडौं गोकर्णेश्वर नगरपालिका(९ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका(२ घर भएका राजेश बिष्टलाई प्रहरीले प्रकाउ गरेको हो ।
बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा इटाली, रोमानिया,दुबई लगायतका देशहरूमा पठाइदिन्छु भनी पीडितहरूबाट रकम लिई सम्पर्क विहीन भएपछि पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु प्रहरीले सुरेशलाई ललितपुरबाट र राजेशलाई काठमाडौं गौशालाबाट पक्राउ गरेको हो ।
सुरेशले ८ जना पीडितहरूबाट १५ लाख ९३ हजार ५ सय र राजेशले १ जना पीडितबाट १ लाख ८० हजार ठगी गरेको खुलेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।































