भक्तपुर । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । ना। ६ ख २१७३ नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको हो ।
ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ ।
तनावपूर्ण अवस्था तनावपूर्ण बनेपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।































