बेचन झाले पोलिग्राफ टेष्ट गर्न मानेनन्

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाले प्रहरी अनुसन्धानका क्रममा पोलिग्राफ टेष्ट गर्न अस्वीकार गरेका छन् ।

काठमाडौं सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा उनीविरूद्ध ठगी, लिखत कीर्ते, राज्‍यविरूद्ध र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो।

उक्त प्रतिवेदनमा उनले पोलिग्राफ परीक्षण गर्न नमानेको उल्लेख गरिएको छ। यद्यपि उनले आफ्नो अडिओ परीक्षण गर्न भने अनुमति दिएका छन्।

गत असार १४ गते बेचन झालाई प्रहरीले पक्राउ गरेको थियो।

प्रतिवादी रामशरण केसीले प्रहरीलाई झासँगको संवाद पनि प्रहरीलाई बुझाएका छन्। त्यसमा भनिएको अडिओ आफ्नो नरहेको र आफूलाई त्यसबारे पनि जानकारी नभएको बताएका हुन्।