म मन्त्री बन्दिन : गगन थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू मन्त्री नबन्ने बताएका छन् ।

बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले आफू पार्टीकै काम गर्ने भएकाले सरकारमा नजाने बताएका हुन् ।

उनले पार्टी सभापतिलाई आफू सरकारमा नजाने बारे जानकारी गराएको बताए । उनले संबिधान संशोधन कुनै एक दलले चाहेर मात्र नहुने भन्दै सबै दलको सहमतिमा मात्र सम्बोधन संशोधन गर्न सकिने बताए ।