काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा महामन्त्री डा.मुकुल ढकालले मुखमा मास्कमाथि कालो टेप टाँसेर सहभागी भएका छन् ।
ढकालले आजको बैठक प्रत्यक्ष प्रशारण गर्न सभापति रवि लामिछानेलाई आग्रह गरेका थिए तर त्यसो नगरिएको कारण विरोध स्वरुप मुखमा पट्टी बाँधेर बैठकमा सहभागी भएका हुन् ।
बैठकमा महामन्त्री ढकालले सभापति रवि लामिछानेलाई गत बुधबार बुझाएको समीक्षा प्रतिवेदनमाथि छलफल हुने सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
महामन्त्री ढकालले पार्टीको गतिविधिबारे देशका ३८ जिल्ला घुमेर समीक्षा प्रतिवेदन तयार पारेका थिए ।































