काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०।१५ पैसा कायम गरिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५६ पैसा कायम गरिएको छ। आज डलरमा २३ पैसाले वृद्धि भएको छ।
बुधबार यूरोपियन युरोमा १९ पैसाले बढेर यसको खरिदमूल्य १४४ रूपैयाँ ३३ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ ९८ पैसा तोकिएको छ। अघिल्लो दिन यसको खरिददर १४४ रूपैयाँ १४ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ ७९ पैसामा कारोबार भएको थियो।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६८ रूपैयाँ ३१ पैसा र बिक्रीदर १६९ रूपैयाँ ०७ पैसा कायम गरिएको छ। मंगलबार पाउण्डको खरिदमूल्य १६८ रूपैयाँ २२ पैसा र बिक्रीमूल्य १६८ रूपैयाँ ९८ पैसा रहेको थियो। अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ १८ र बिक्रीदर ८७ रूपैयाँ ५८ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ०३ पैसा र बिक्रीमा ९८ रूपैयाँ ४७ पैसा कायम गरिएको छ।
जापानी येन १० को खरिददर ८ रूपैयाँ ७९ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८३ पैसा रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४२ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९३ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९७ पैसा कायम गरेको जनाइएको छ।
बुधबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४६ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६२ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ४५ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३७ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार २८ रूपैयाँ १७ पैसा र बिक्रीदर २८ रूपैयाँ ३० पैसा कायम गरेको छ।
कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ २४ पैसा र बिक्रीदर ४३४ रूपैयाँ १९ पैसा र बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३५४ रूपैयाँ २८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।






























