काठमाडौं । ‘अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठान’ले यस वर्षको साहित्य सम्मान पुरस्कार संयुक्त रूपमा कवि विमला तुम्खेवा र कवि तथा नियात्राकार गिरिराज बास्कोटालाई प्रदान गर्ने भएको छ।
अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले नेम्बाङको पाँचौं स्मृति दिवसमा तुम्खेवा र बाँस्कोटालाई संयुक्तरुपमा सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्बाङका अनुसार प्रतिष्ठानले तुम्खेवा र बाँस्कोटालाई साहित्य सम्मानसहित एकजना जेहेन्दार विद्यार्थीलाई छात्रवृति र आगलागी तथा पहिरोपीडितलाई राहत वितरण गर्न लागेको हो। उनका अनुसार छात्रवृत्तितर्फ श्री ज्योति सेकेन्डरी स्कुल, फाल्गुनन्द-७ बाट १० कक्षामा अध्ययनरत विद्यार्थी प्रेमा लावतीलाई छनोट गरिएको छ।
गत वर्ष यस पुरस्कारबाट साहित्यकारद्वय श्रवण मुकारुङ र प्रेम ओझा पुरस्कृत भएका थिए। राजनीतिज्ञ, साहित्यकार एवं समाजसेवी स्व। अमर कुमार नेम्बाङको नाममा स्थापित प्रतिष्ठान हो ।































