काठमाडौं । नेपाली सिनेकर्मीहरूको दक्षता अभिवृद्धिका लागि चलचित्र विकास बोर्डले अभिनय सम्बन्धी पाँच दिने कार्यशाला सञ्चालन गर्ने भएको छ । बोर्डले एक सूचना जारी गर्दै १५ दिन भित्रमा आवेदन दिन अनुरोध गरेको छ ।
बोर्डको आव २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार २०८० माघ २९ गतेदेखि फागुन ४ गतेसम्म कार्यशाला सञ्चालन हुन लागेको हो । कार्यशालामा सहभागी हुन चाहानेले बोर्डबाट उपलब्ध गराइएको फारम भरी माघ २५ गतेसम्ममा बोर्डको कार्यालय वा इमेल मार्फत आवेदन पेस गर्न सकिने छ ।
कार्यशालाबारे विस्तृत जानकारी केही दिनमा सार्वजनिक गरिने कार्यशाला संयोजक राजु केसीले बताए ।
इमेल-(fdbworkshop2024@gmail.com)
सूचना- https://film.gov.np/notices/87/आवेदन फारम सूचनासँगै राखिएको छ ।































