नेपाल टेलिकमले ल्यायो आकर्षक `विन्टर अफ´

काठमाडौँ । नेपाल टेलिकमले `विन्टर अफर´ अन्तर्गत विभिन्न आकर्षक प्याकहरू उपलब्ध गराउने भएको छ। विभिन्न प्रकारका अफरहरू उपलब्ध गराउँदै आएको टेलिकमले आज शुक्रबारदेखि लागू हुने गरी उक्त अफर ल्याएको हो।

कम्पनीले यस अघि उपलब्ध भइरहेको फोरजी डेटा अफरलाई अझै आकर्षक बनाइएको बताएको छ। यस अनुसार १ दिनको समयावधिका लागि १९ रूपैयाँमा ४०० एमबी र ३३ रूपैयाँमा एक हजार २०० एमबी डेटा उपलब्ध हुनेछ। त्यसैगरी ७ दिनको समयावधिका लागि लागि १०९ रूपैयाँमा ५ जिबी र २८ दिनको समयावधिका लागि २९८ रूपैयाँमा ७ जिबी डेटा उपलब्ध हुनेछ।

स्टे कनेक्टेड प्याक अन्तर्गत ५ दिनको समयावधिका लागि १०९ रूपैयाँमा ६ जिबी डेटा तथा १३९ रूपैयाँमा ६ जिबी डेटा र १७० मिनेट अन-नेट भ्वाइस उपलब्ध हुनेछ। त्यसैगरी २ घण्टाको समयावधिका लागि ३५ रूपैयाँमा अनलिमिटेड प्याक उपलब्ध हुनेछ।

यसअघि उपलब्ध अनलिमिटेड प्याक, डाटा प्याक, सोसल मिडिया प्याक अल टाइम भ्वाइस प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटुएम प्याक लगायतका विभिन्न आकर्षक प्याकहरू समेत उपलब्ध हुनेछ। विन्टर अफर अन्तर्गतका विभिन्न प्याक प्राप्त गर्नका लागि ग्राहकले १४१५८१३ डायल गर्नु पर्नेछ।