जाजरकोटमा चिसोले थप एक भूकम्पपीडितको मृत्यु

काठमाडौं । चिसोका कारण जाजरकोटमा थप १ जना भूकम्पपीडितको मृत्यु भएको छ।

भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–१ का कर्णबहादुर विश्वकर्माको चिसोको कारण मृत्यु भएको हो।

भूकम्पपछि त्रिपालमुनि बस्दा चिसोका कारण मृत्यु हुनेको सङ्ख्या जाजरकोटमा ३१ पुगेको छ। रुकुम पश्चिममा ५ गरी ३६ जना भूकम्पपीडितको चिसोका कारण मृत्यु भैसकेको छ।