काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बढेको छ ।
महासंघका अनुसार नेपाली बजारमा आज सुन तोलामा १ सय रुपैयाँले बढेको हो ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ९ सय रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।































