देशवासीका नाममा विशेष सम्बोधन गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी

काठमाडौं। सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीको नाममा विशेष सम्बोधन गर्ने तयारी गरेका छन् ।

प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको आगामी मंगलबार एक वर्ष पूरा हुँदैछ ।

सोही अवसरमा प्रचण्डले देशवासीको नाममा सम्बोधन गर्ने तयारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।