काठमाडौं । निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्ने भएको छ।
दर्ता भएका दललाई चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको हो ।
दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने छ।
दल दर्ताका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी लगायतले आवेदन दिएका थिए । आवेदन परेका दलको निवेदनमाथि आज जाँचबुझ सुुरु हुनेछ।
आउँदो फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० वटा पद रिक्त हुँदैछ ।































