काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।
सरकारी नियमानुसार काम नगर्ने व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्ष ६ महिनादेखि ३ वर्ष सम्मका लागि १२ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको हो ।
कालोसूचीमा पर्ने कम्पनीहरु आदर्श कन्स्ट्रक्सन कम्पनीलाई तीन वर्ष कालोसूचीमा परेको छ । यस्तै, त्रिवेणी निर्माण सेवालाई दुई वर्ष, गंगोत्री देवी निर्माण सेवालाई पनि दुई वर्ष, कमल कन्स्ट्रक्सन,अनामिका कन्स्ट्रक्सन, भावेश कन्स्ट्रक्सन, ऊर्जा–कृशभ मस्ट जेभीलाई डेढ-डेढ वर्ष सम्म खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।































