देउवा समूहविरुद्ध कांग्रेस आयोगमा जाँदैछ किन ?

काठमाडौं– नेपाली कांग्रेसले देउवा समूहको समानान्तर महाधिवेशनमा पार्टीको आधिकारिक चुनाव चिह्न रुख तथा चारतारे झण्डा प्रयोग रोक्न माग गर्दै निर्वाचन आयोग जाने तयारी गरेको छ । १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति निर्वाचन आयोगमा अद्यावधिक भइसकेको अवस्थामा देउवा समूहले पार्टीको चुनाव चिह्न र झण्डा प्रयोग गरेर छुट्टै महाधिवेशन गर्न लागेको भन्दै कांग्रेसले आयोगमा उजुरी दिने तयारी गरेको हो ।

यसका लागि जारी केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गराउने तयारी भइरहेको एक शीर्ष नेताले बताएका छन् । देउवा समूहले भने रुख चिह्न र चारतारे झण्डा प्रयोग गर्दै वडा, पालिका, क्षेत्रीय, जिल्ला र प्रदेश अधिवेशन गरिरहेको छ । उक्त समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने मिति तय गरेको छ ।