नवलपरासी पश्चिममा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

 काठमाडौं । नवलपरासी पश्चिममा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

सरावल गाउँपालिका–१ बसहीस्थित सडकमा लु. प्र ०१–००८ प ८७३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–१ बस्ने ५० वर्षीय निम बहादुर चौधरीको मंगलबार राति मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको देबदह मेडिकल कलेज भलुही रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी १ जना पैदलयात्रीको सोही अस्पतालमा र मोटरसाइकल चालकको लुम्बिनी सिटि अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।