काठमाडौं । एसिया कप राइजिङ स्टार्स अन्तर्गत समूह ‘बी’ अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेलमा पाकिस्तान ‘ए’सँग खेल्दैछ। नेपाल र पाकिस्तान ‘ए’ ले नेपाली समयअनुसार मंगलबार दिउँसो ३:४५ खेल्नेछन्।
नेपालले पहिलो खेलमा भारत ‘ए’ सँग ३०६ रनको हार व्यहोरेको थियो। दोस्रो खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको थियो। पाकिस्तान ‘ए’ भने समूह चरणको दुवै खेलमा अपराजित रहेको छ। समूह चरणको पहिलो खेलमा पाकिस्तान ‘ए’ले यूएईलाई ६१ रनले हराएको थियो। दोस्रो खेलमा पाकिस्तान‘ए’ ले भारत ‘ए’लाई ४८ रनले हराएको हो।
पाकिस्तान ‘ए’ ३ खेलमा २ जितसहित सेमिफाइनल प्रवेश गरिसकेको छ। यदि आजको खेलमा नेपालले पाकिस्तान‘ए०’ लाई हराएको खण्डमा नेपालको पनि सेमिफाइनल सम्भावना कायमै रहनेछ। समूह बी अन्तर्गत नै आज भारत ‘ए’ र यूएईले खेलिरहेका छन्। भारत र नेपाल दुवै टिमको २/२ अंक रहेको छ। तर, भारत नेट रनरेटका आधारमा नेपालभन्दा अगाडि रहेको छ।




























