रसुवा । गत भदौ १० गते ल्हेन्दे खोलामा आएको बाढीका कारण विस्थापित रसुवा–टिमुरेका बाढीपीडित आफ्नै थातथलो फर्किएर अस्थायी टेन्टमा बस्न थालेका छन् ।
विस्थापित ६८ घरधुरीमध्येबाट ४८ जना यही मङ्सिर १ गतेदेखि टिमुरेको खैँदीमा टेन्ट टाँगेर बस्न थालेका हुन् । बाढीपछि केही पीडित कोठा भाडामा लिएर बसेका छन् भने केही काठमाडौँमा बस्न नसकेपछि गाउँ फर्किएका हुन् ।
स्थानीय कामीनुर्पु तामाङका अनुसार ६८ घरधुरीमध्येबाट ४८ जना गाउँ फर्किएका छन् । आफ्नो जन्मभूमि, परम्परा र रीतिरिवाज जोगाउने उद्देश्यले गाउँ फर्किएको उहाँले बताए ।
सरकारले अस्थायी बसोबासको व्यवस्था कहिलेसम्म गर्ने भन्ने टुङ्गो नलगाउँदा पीडित अन्योलमा रहेको उनको भनाइ छ ।




























