गुल्मी । मालिका गाउँपालिका–२, खोलाखर्कमा देवरको कुटपिटबाट गम्भीर घाइते भएकी ४१/४२ वर्षीया लिला खत्रीको तीन दिनपछि मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार उपचारका क्रममा रहेकी खत्रीलाई घर लैजाने क्रममा बाटोमै स्वास्थ्य अवस्था बिग्रिएपछि गुल्मी अस्पताल पुर्याइएको थियो। चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनामा संलग्न रहेको आरोपमा बलबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीविरुद्ध ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





























