नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सहमहामन्त्रीहरूको मतगणना जारी छ ।
केन्द्रीय निर्वाचन समितिले सहमहामन्त्रीहरूको अन्तिम मत परिणाम सोमबार अपराह्नसम्म सार्वजनिक गरिने बताएको छ ।
निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले सहमहामन्त्तीहरूको अन्तिम मत परिणाम सोमबार अपराह्नसम्म सार्वजनिक गरिने जानकारी दिए ।
सहमहामन्त्री खुलातर्फ नेता रामहरि खतिवडा र अजयबाबु शिवाकोटी अगाडि छन् । महिलातर्फ प्रतिमा गौतमको अग्रता देखिएको छ । अन्यको पनि मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ ।संयोजक खड्काका अनुसार जनसम्पर्कबाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यको मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।































