काठमाडौं । इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्तिम संस्कार आज उनको जन्म भूमि मशहदमा गरिने भएको छ। उनको पार्थिव शरीर बिहीबार हेलिकप्टर मार्फत राजधानी बाट मशहद पुर्याइएको थियो।
शिया मुस्लिम हरूको प्रमुख तीर्थस्थल मानिने इमाम रजा दरगाह परिसरमा स्थानीय समय अनुसार दिउँसो २ बजे अन्त्येष्टि प्रक्रिया सुरु हुने बताइएको छ। यस अघि करबला स्थित इमाम हुसेनको दरबार सहित इरान र इराकका विभिन्न स्थानमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो, जहाँ लाखौं मानिस सहभागी भएका थिए।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्ससँग आबद्ध तस्निम समाचार एजेन्सीका अनुसार, पछिल्ला छ दिनमा खामेनी प्रति श्रद्धाञ्जली व्यक्त गर्न देश–विदेश बाट करिब १ करोड ५० लाख मानिस सहभागी भएको सरकारी दाबी छ।
अन्त्येष्टि समारोहको समाचार संकलनका लागि सयौं अन्तर्राष्ट्रिय सञ्चार माध्यमका प्रतिनिधि लाई इरानले अनुमति दिएको छ, जुन त्यहाँका लागि दुर्लभ निर्णय मानिएको छ।
यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि खामेनीको अन्तिम विदाइमा देखिएको विशाल जन सहभागिताले आफू अचम्ममा परेको प्रतिक्रिया दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।





























