पत्रकार महासङ्घद्वारा सरकारलाई दबाब दिन पहिलो चरणको अभियान

काठमाडौं — नेपाल पत्रकार महासङ्घ ले विभिन्न मागहरू पूरा गराउन सरकारमाथि दबाब सिर्जना गर्ने उद्देश्यले पहिलो चरणको अभियान सुरु गरेको छ।

महासङ्घका पदाधिकारीहरूले सरकारसँग पटक–पटक वार्ता गर्दा पनि ठोस परिणाम नआएकाले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताएका छन्। पहिलो चरणअन्तर्गत देशभरका जिल्ला शाखाहरू मार्फत् ध्यानाकर्षण कार्यक्रम, ज्ञापनपत्र बुझाउने र विरोध सभा आयोजना गरिने जनाइएको छ।

पत्रकार महासङ्घले पेशागत पत्रकार हरुको सुरक्षाको सुनिश्चितता, अभिव्यक्ति स्वतन्त्रताको रक्षा तथा सञ्चारसम्बन्धी कानुनहरू संशोधनको माग राख्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको हो।

 

सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सबै सङ्घीय मन्त्रालय, आयोग र सचिवालय, प्रदेश र स्थानीय तहहरूलाईसमेत जारी गरिएको परिपत्र तत्काल फिर्ता गर्नेतर्फ सकारात्मक पहल नभएको भन्दै सरकारलाई दबाब दिन महासङ्घले पहिलो चरणको अभियान सञ्चालन गर्ने निर्णय हो ।

महासङ्घले पत्रकारमाथि भइरहेका आक्रमण, धम्की तथा दण्डहीनताको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ। साथै, सञ्चारमैत्री वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरिएको छ।

यदि मागहरू सम्बोधन नभए आगामी दिनमा थप कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने महासङ्घले चेतावनी दिएको छ।

स्वतन्त्र पत्रकारिताको हितविरुद्ध देखिएकोले महासङ्घले सरकारी निर्णय निजी सञ्चारमाध्यम रदबाब अभियान अन्तर्गत चैत २५ गतेबाट दबाब बढाउन लागेको हो ।