काठमाडौं । तीनकुने क्षेत्रमा नेपाली सेना परिचालन भएको छ । कर्फ्यू आदेश पालना गराउन तीनकुने क्षेत्रमा नेपाली सेना खटिएको हो ।
स्थिति तनावपूर्ण बनेपछि प्रशासनले पाँच क्षेत्र तोकेर कर्फ्यू आदेश जारी गरेको थियो । तर, त्यसपछि पनि प्रदर्शनकारीहरु रोकिएनन् । विभिन्न दलका पार्टी कार्यालय र व्यक्तिगत घरमासमेत आगजनी र तोडफोड गरेका छन् ।





























