काठमाडौं । तीन कुनेमा राजावादीहरुको आन्दोनलले अशान्त बनायो । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वको प्रदर्शनमा सहभागी हुन राजावादीहरू शुक्रबार बिहान बानेश्वर, तीनकुने क्षेत्रमा भेला भएका थिए।
सभा सुरू हुनुअगावै उनीहरू निषेधित क्षेत्र तोड्न र प्रहरीसँग मुठभेड गर्न उद्यत भएका थिए। प्रदर्शनकारीहरूको निशानामा निजी घर पनि परेका छन्। तीनकुने क्षेत्रमा प्रदर्शनकारीले एउटा घर क्षतविक्षत तुल्याएका छन्। लगत्तै उनीहरूले त्यही घरमा आगजनीसमेत गरे। राजावादीको सभामा एक जना प्रदर्शनकारीले दुई तोलाको सिक्री हराएको बताएका छन्।
जुलुसतर्फ अघि बढ्दा आफूलाई पछाडिबाट थिच्दै घाँटीमा लगाइराखिएको सुनको सिक्री लुटिएको उनले बताएका हुन्। प्रदर्शनमा सहभागी हुने क्रममा तीन लाखभन्दा माथि मूल्यको सुनको सिक्री लुटिएपछि रूनुबाहेक आफूसँग विकल्प नभएको उनले बताएका छन्।
‘साढे दुई तोलाको सिक्री थियो। अब मैले कहाँबाट ल्याउनेरु घर कसरी जानु१,’ उनले रुँदै बिलौना गरिरहेका थिए ।





























