नयाँ सरकार बनाउने छलफलमा छौं लेखनाथ दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावना रहेको बताएका छन्। आइतबार संसद भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै दाहालले गणतन्त्र पक्षधरहरूको सरकार बनाउन छलफल सुरु भएको बताएका हुन्।

‘समस्या सडकभन्दा सरकारमै छ। अनियमितिता छ। सरकारमै बसेर व्यवस्थाविरोधी गतिविधि गर्नेलाई निरुत्साहित गर्ने र यो प्रक्रियाबाट बाहिर ल्याउन संघीय लोकतान्त्रिक गणतन्त्रपक्षधरहरू एक ठाउँमा उभिने सहकार्य गर्ने थालनी भएको छ.’ उनले भने, ‘गणतन्त्र विरोधीहरूसँग हाम्रो सहकार्य हुँदैन। गणतन्त्र पक्षधरहरूको सरकार बन्ने सम्भावनाको ढोका खुलेको छ।’