संविधान र व्यवस्थाप्रति प्रतिबद्ध छौं: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले जनता आक्रोशित भएको भन्दै उनीहरु रिसाएको विषयमा सामधान गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले संविधान र व्यवस्थाको रक्षाको लागि कांग्रेस दृढताका साथ उभिएको बताए । उनले भने,‘पूर्व प्रधानमन्त्रीज्यू प्रचण्डले यहाँ अहिले राखेको अभिव्यक्ति सुन्ने मौका पाएँ । खासगरी नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रमुख प्रतिपक्ष दलले राखेको प्रतिबद्धताको मेरो पार्टीका तर्फबाट सराहना गर्न चाहन्छु, हामी सबै यो व्यवस्था र संविधानप्रति उत्तिकै प्रतिबद्ध छौँ ।’