काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले केपी ओलीको सरकार कमिसन दिने व्यापारी खोज्दै हिडेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आकास्मिक समयमा बोल्दै उनले यस्तो आरोप लागाएका हुन् ।
सांसद ढकालले एलपी ग्यास व्यवसायी र ढुवानीकर्ताले आफूले पाउने कमिसन १.७५ प्रतिशत बढाएर ५ प्रतिशत पु¥याउन राखेको राखेको माग पूरा गरेर आम नागरिकलाई प्रताडित बनाएको बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घरघरमा पाइप लाइनबाट एलपी ग्यास पु¥याउने भनेको १० वर्ष भएपनि कार्यान्वयन नभएको भन्दै प्रश्न गरे ।





























