काठमाडौं । अमेरिकामा अवैधरुपमा बस्दै आएका नेपालीहरु काठमाडौं आइपुगेका छन् । अमेरिकाको अध्यागमन कानुन उल्लंघन गर्ने नेपालीहरूलाई लिएर आएको अमेरिकी चार्टर जहाज आज बिहान काठमाडौं स्थित त्रिभुवन विमानस्थलमा अवतरण भएको हो।
निष्कासित भएकाहरूमध्ये गैरकानुनी तरिकाले अमेरिका बस्दै आएका केहीलाई त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला सुनाएको थियो भने केहीलाई गैरकानुनी रूपमा काम गरिरहेका बेला पक्राउ गरेका थिए।
अवैध आप्रवासी नेपालीहरूलाई लिएर पहिलो पटक चार्टर जहाज काठमाडौं आएको हो।
अमेरिकी राष्ट्रपतीमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै गैरकानुनी रूपमा बसिरहेका आप्रवासीहरूप्रति उनी आक्रामक बनेका छन्। त्यस्ता आप्रवासीहरूलाई ट्रम्प प्रशासनले धमाधम अमेरिकाबाट निष्कासन गरिरहेको छ।





























