केबलकार प्रकरण: वार्तामा आउन गृहमन्त्रीको आग्रह

काठमाडौं । गृहमन्त्री रहेश लेखकले केवलकार निर्माणमा देखिएका समस्या वार्ता र छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको जनाएका छन् ।

आइतबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले नो केबलकार समुहलाई वार्तामा आउन आह्वान समेत गरे । नो केवलकार समूहले उठाएका विषयप्रति सरकार गम्भीर रहेको उनले जनाए।