सहकारी प्रकरण: रास्वपाका नेता अमेरिकाबाट पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका विश्वासपात्र मानिने मोहन थापालाई अमेरिकी अध्यागमनको नियन्त्रणमा रहेका छन् । उनी अमेरिमा पक्राउ परेसँगै अध्यागमनको नियन्त्रणमा रहेको बुझिएको छ ।

अघिल्लो साता नेपाल फर्किने क्रममा उनी पेन्सिल्भेनिया एयरपोर्टबाटै पक्राउ परेको खुलासा हो । थापा बाल्टिमोरस्थित नेपालीहरूको छाता संगठन बानाका पूर्व अध्यक्षसमेत हुन्। रास्वपाका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठसँग पैसा लेनदेनमा मुछिएका थापामाथि नेपालमा सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान सुरु भएपछि गतवर्ष अमेरिका फर्किएका थिए।

अमेरिकी ग्रीनकार्ड भएको व्यक्तिले अस्वभाविक रुपमा कुनै देशमा ओहोर–दोहोर गर्न पाइदैन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानमा रहेका रास्वपा सभापति लामिछानेसँग थापा उठबसमा रहेका थितए । अमेरिकामा लिलाम हुनै लागेको लामिछानेको घर किन्न उक्त रकम प्रयोग भएको समेत खुलासा भएको छ । स्रोतका अनुासर प्रर्व गृहमन्त्री समेत रहेका रविले पठाएको उक्त रकम हुण्डीमार्फत अमेरिका लैजान थापाले सहजीकरण गरको दाबी छ । यसअघि उपनिर्वाचनका बेला लामिछानेले अमेरिकामा रहेका थापाको नाममा ५ करोड हुण्डी गर्न लगाएको रविकै व्यावसायिक साझेदार जीबी राईको तर्फबाट लेखिएको इमेलमा जिकिर गरिएको थियो। लामिछानेले गृहमन्त्री रहँदासम्म थापामार्फत पटक–पटक गरी १२ करोड अमेरिका पठाएको खुलासा भएको छ ।