काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी भएको छ । आज दिउँसो लागेको आगोले कार्यालयको माथिल्लो तलामा आगो लागेको हो ।
विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान छ । माथिल्लो तलामा भान्छा थियो । आगलागीको कारण खुलेको छैन ।
हावा अहिले पनि चलिरहेकाले नजिकैको बस्तीमा आगो फैलिन नदिन स्थानीय, जनप्रतिनिधि र स्थानीय प्रहरी परिचालित भएको गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिइन् ।





























