कलाकार जितु नेपाललाई मातृ शोक

काठमाडौं । कलाकार जितु नेपाललाई मातृ शोक परेको छ । जितुकी आमा योगमाया नेपालको आज बिहान मृत्यु भएको हो ।

उनी लामो समयदेखि स्वासप्रस्वास सम्बन्धी रोगबाट पीडित थिइन् । उनको आजै पशुपति आर्यघाटमा हिन्दु परम्पराअनुसार अन्त्यष्टि गरिएको छ । श्रद्धान्जली दिन ठूलो संख्यामा कलाकार पशुपति आर्यघाट पुगेका छन् ।