अमेरिकामा विमान दुर्घटना : भेटिएनन् जीवित

काठमाडौं । अमेरिकामा विमान दुर्घटना हुँदा ठूलो मानवीय क्षति भएको छ। बुधबार राति अमेरिकी एयरलाइन्सको विमान वासिङ्टन डिसीमा हेलिकप्टरसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो।

सीबीएस न्युजका अनुसार घटनास्थलबाट अहिलेसम्म १८ वटा शव भेटिएको प्रहरीले जनाएका छन् । उद्धार टोलीले अहिलेसम्म कसैलाई पनि जीवित फेला पार्न सकेका छैन। अमेरिकन एयरलाइन्सले विमानमा ६० यात्रु र ४ जना चालक दलका सदस्य रहेको जनाएको थियो।