सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने विपक्षी दलको निर्णय

काठमाडौं । सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने विपक्षी दलहरूले निर्णय गरेको छ ।प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि पत्रकारसँग कुरा गर्दै (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सात दलहरू सहभागी भएको बैठकले भोलिदेखि सञ्चालन हुने संसद् अधिवेशनमा जनसरोकारका विषयहरू एकमत भएर उठाउने निर्णय गरेको बताए ।

बैठकले अध्यादेश सरकारले गलत विधि र प्रक्रियामार्फत ल्याएको र यसलाई अस्वीकार गर्ने निर्णय गरेको जानकारी उनले दिए ।