काठमाडौं । गायक दिपेन थापा र चर्चित गायीका शान्तीश्री परियारको स्वरमा रहेको ‘सातै दिन’ सार्वजनिक भएको छ ।
लोक दोहोरी गीत ‘सातै दिन’ नेप्को इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतको शब्द शिब हमालले लेखेका हुन्, भने भिडियोको निर्देशन दिपेन थापाले गरेका छन् ।
लोक दोहोरी गीत सातैदिनको भिडियोमा दुर्गेश थापा, संजना गुरुङ, करिश्मा शाहीलाई देख्न सकिन्छ ।
अडियो को मास्टरिङ र एरेन्जर एचबीएन किस्मतले गरेका छन् भने, फोटोग्राफर रक कौशलले गरेका हुन् । त्यस्तै, सिनेमेटोग्राफर करण चाइसिर, कोरियोग्राफर सञ्जय विश्वकर्माले गरेका हुन् । अमृत चापागाईंले भिडियो सम्पादन गरेका छन् ।
हेर्नुहोस् लोक दोहोरी गीत सातैदिन भिडियोमा



























