Hotel Panchthar Nepco Media

दोस्रो डाईमण्ड म्यूजिक अवार्ड-२०८१ सम्पन्न

काठमाडौं । डाईमण्ड म्युजीक अर्वाड-२०८१ को दोस्रो ग्राण्ड फिनाले तथा सांगीतिक कार्यक्रम भव्यताकासाथ सम्पन्न भएको छ ।
‘हाम्रो कला हाम्रो संस्कृती, गौरवपूर्ण शान अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन’ भन्ने नाराकासाथ कला श्रेत्रमा योगदान गर्ने उद्देश्यले स्थापित अवार्ड दोस्रो डाईमण्ड म्यूजीक अर्वाड आयोजना गरेको हो ।

कार्यक्रममा ३४ विधामा अवार्ड वितरण गरिएको थियो । विभिन्न विधाका क्रियाशिल २५ जना अग्रज श्रष्टा र सर्जक र कला क्षेत्रमा योगदान दिएका व्यत्तिहरुलाई सम्मान गरिएको थियो । पूर्व प्रधानमन्त्री झलकनाथ खनालको प्रमुख आतिथ्यतामा एक समारोहकाबीच राष्ट्रिय भावको गीतबाट गायक कुमार पौडेल सर्वोत्कृष्ट राष्ट्रिय भावनाको गीतको अवार्ड हात पार्न सफल भएका छन् भने, गायक शोभाकर भट्टराईले जुरी अवार्ड पाउन सफल भए ।सर्वोत्कृष्ट सुगम संगीत शब्दमा मनोज सिग्देलले खवार्ड पाए भने जुरीतर्फबाट माधव राज खरेललाई अवार्ड प्रदान गरिएको थियो ।

त्यस्तै, सर्वोत्कृष्ट सुगम संगीत संगीतकार तुल्सी राम वि।कान्छाले अवार्डपाए । जुरीतर्फबाट दिपक शर्मालाई अवार्ड दिएको थियो । गायक रमेश राज भट्टराईलाई सर्वोत्कृष्ट सुगम संगीतको अवार्ड पाए भने, गोविन्द मधुर आचार्यलाई जुरी अवार्ड प्रदान गरियो । सर्वोत्कृष्ट सुगम-पप गीत नव गायक आश्रय रञ्जित पाए भने, दिपक बरालले जुरी अवार्ड पाए। सन्तोष राजलाई पब्लिक चाईसको अवार्ड, गायिका रचना रिमाललाई सर्वोत्कृष्ट सुगम संगीतको अवाड प्रदान गरियो ।

प्रतिमा के।सीलाई जुरी अवार्ड, विक्रम बुढाथोकीलाई सर्वोत्कृष्ट सुगम संगीत मोडलबमे अवार्ड पाए भने, हिरा काजी सेन्चुरीले जुरी अवार्ड पाए । शिल्पा पोख्रेलले सर्वोत्कृष्ट सुगम संगीत ९मोडल०को अवार्ड प्रदान गरियो भने, सन्चीता शाहीलाई जुरी अवार्ड पाए । गायक भरत भट्टले सर्वोत्कृष्ट (भाषाभाषि-चाडपर्व)गीतबाट अवार्ड पाउन सफल भए भने, प्रकाश गौतमले जुरी अवार्ड पाए । गायिका चीजा तामाङ्गले सर्वोत्कृष्ट भाषाभाषी-चाडपर्व, (ठाडोभाका)बाट अवार्ड दिएको थियो भने, राधीका ढकाललाई जुरी अवार्ड प्रदान गरियो । सर्वोत्कृष्ट काँठे लोक तथा दोहोरी शब्दबाट राज कुमार खनालले अवार्ड पाएका थिए भने, गोविन्द दुलालले जुरी अवार्ड पाए । साजन पराजुलीले पब्लिक च्वाईस अवार्ड पाएका थिए भने, मोहन खड्काले सर्वोत्कृष्ट काँठे लोक तथा दोहोरी(लयको अवार्ड पाए । आकृती हुमागाईले जुरी अवार्ड, सावित्री गौतमलाई पब्लिक च्वाईसको अवार्ड पाए ।

गायक राम कुमार नेपालीले सर्वोत्कृष्ट काँठे लोक तथा दोहोरीको अवार्ड हात पार्न सफल भए भने, सुर्दसन अधिकारीले जुरी अवार्ड पाए । संगम थापाले पब्लिक च्वाईस्, बद्रि सिटौलाले सर्वोत्कृष्ट काँठे लोक तथा दोहोरी (नव गायक)को अवार्ड पाए । भिमसेन श्रेष्ठले जुरी अवार्ड पाए भने, गायिका प्रतिमा अर्यालले सर्वोत्कृष्ट काँठे लोक तथा दोहोरीको अवार्ड पाइन् । कोपीला तामाङ्गलाई पब्लिक च्वाईस अवार्ड दिएको थियो । त्यस्तै, पार्वति कार्कीलाई जुरी अवार्ड, लक्ष्मी दर्नाललाई सर्वोत्कृष्ट काँठे लोक तथा दोहोरी (नव गायिका)को अवार्ड, लीता भुँजेललाई जुरी अवार्ड प्रदान गरिएको थियो ।

मिना रायमाझीलाई पब्लिक च्वाईसको अवार्ड प्रदान गरियो । सरोज दाहालले सर्वोत्कृष्ट काँठे लोक तथा दोहोरी मोडल अभिनयको अवार्ड पाए । संजीव ठकुरीले सर्वोत्कृष्ट नृत्यको अवार्ड दिएको थियो भने, सुमन कालिकोटेलाई जुरी अवार्ड पाए । श्रीजन पण्डीतलाई सर्वोत्कृष्ट काँठे लोक तथा दोहोरी (नव मोडल) अवार्ड, सुरज श्रेष्ठलाई जुरी अवार्ड प्रदान गरिएको थियो ।

आयुष्मा कार्कीले सर्वोत्कृष्ट काँठे लोक तथा दोहोरी मोडलको अवार्ड, अनु पराजुली जुरी अवार्ड, अञ्जु गुरुङ्ग सर्वोत्कृष्ट काँठे(लोक तथा दोहोरी गीत (नव मोडल)को अवार्ड दिएको थियो । सर्वोत्कृष्ट लेक तथा दोहोरी गीत शब्द ईन्द्र दाहालले अवार्ड पाएका थिए भने, नविन बाबु विश्वकर्माले प्रोत्सान अवार्ड पाउन सफल भए । त्यस्तै, शान्त शिशिले सर्वोत्कृष्ट लोक तथा दोहोरी गीत संगीतकारको अवार्ड प्रदान गरियो भने, उमेश सिंह ठगुन्नाले जुरी अवार्ड पाए ।

गायक अर्जुन सापकोटाले सर्वोत्कृष्ट लोक तथा दोहोरीको अवार्ड पाए भने, जगत बहादुर घर्तिले सर्वोत्कृष्ट लोक गीतबाट अवार्ड पाएका थिए । बाल कुमार श्रेष्ठले जुरीत अवार्ड, शंकर ढकालले सर्वोत्कृष्ट लोक तथा दोहोरी गीत नव(गायकको अवार्ड, गायिका मिना लामाले सर्वोत्कृष्ट लोक तथा दोहोरीबाट अवार्ड, सुमित्रा तामाङ्गलाई जुरी अवार्ड प्रदान गरियो । लक्ष्मी खड्काले सर्वोत्कृष्ट लोक तथा दोहोरी गीत नव गायिकाको अवार्ड, शिशिर पौडेलले सर्वोत्कृष्ट लोक तथा दोहोरी गीत मोडलको अवार्ड पाउन सफल भए । रिना थापाले सर्वोत्कृष्ट लोक तथा दोहोरी गीत मोडलको अवार्ड, गरिमा शर्मालाई जुरी अवार्ड दिएको थियो । काजीस श्रेष्ठले सर्वोत्कृष्ट लोक दोहोरी निर्देशनको अवार्ड, दिएको थियो । अमन रानालाई सर्वोत्कृष्ट काँठे लोक दोहोरी निर्देशनको अवार्ड दिएको थियो । गायक जीत सागर रावतले सर्वोत्कृष्ट लोक तथा दोहोरी गीत लाईभ दोहोरीको अवार्ड पाउन सफल भए ।

गायिका ईप्सल सन्जेलले सर्वोत्कृष्ट लोक तथा दोहोरी (लाईभ दोहोरी)गीतबाट अवार्ड, दिपक विष्टले सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादनको अवार्ड पाएका थिए । कुमार रानालाई सर्वोत्कृष्ट ध्वनि सम्पादनको अवार्ड , कुमार सानु पुनले जुरी अवार्ड, जिवन बडुले सर्वोत्कृष्ट संगीत संयोजनको अवार्ड, नारायण ढंगालले सर्वोत्कृष्ट काँठे लोक दोहोरी गीत संगीत संयोजनको अवार्ड र रक कौशलले सर्वोत्कृष्ट छायांकनको अवार्ड हात पार्न सफल भएका थिए ।

डाईमण्ड म्यूजिक अवार्ड-२०२४ कार्यक्रमको अध्यक्षता सिम्रन दुलाल ९कुसुम०ले गरेकी थिइन् भने कार्यक्रम संचालन दिनेश डि।सीले गरेका थिए । अवार्ड वितरण कार्यक्रममा पूर्व प्रधानमन्त्री झलकनाथ खनाल, क्याप्टेन, अभिनेता, लोक गायकगायिका, हाँस्य कलाकार,सञ्चारकर्मी, समाजसेवी तथा संघ संस्थाका प्रतिनिधि, व्यवसायीलगायतको बाक्लो उपस्थिति थियो ।