काठमाडौं । चर्चित गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘छुट्यो पिरिम’ म्युजिक भिडियोमा सञ्जना गुरुङले अभिनय गरेकी छन् । गीतको भिडियोका सञ्जना गुरुङले अभिनयमा कुनै कसर बाकी राखेकी छैनन् । उनी चर्चित मोडल हुन् । उनी म्युजिक भिडियोमा निकै लोकप्रिय छिन् । सार्वजनिक भएको ‘छुट्यो पिरिम’ म्युजिक भिडियोमा उनले राम्रो अभिनय गरेको देख्न सकिन्छ ।
सञ्जय विश्वकर्मा ९खिमजन०ले ‘छुट्यो पिरिम’ म्युजिक भिडियोको निर्देशन निकै राम्रो गरेका छन् । भिडियो सम्पादन अमृत चापागाईको रहेको छ । दिपक गिरीको सिनेमेटोग्राफर र भिडियोको सम्पादन मिक्स मास्टरिङ किस्मतको रहेको छ । डीपी तिवारीको शब्द, संगीत एंव हुकलिंग नविन शताब्दीले गरेका छन् ।




















