अभिनेत्री न्यान्सी खड्का भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटका विभिन्न स्थानमा पुगेर पीडितलाई राहत सामग्री वितरण गरिरहेकी छन्।उनले पिपलटारस्थित आयुर्वेदिक अस्पतालमा उपचाररत र उद्धार गरिएका व्यक्तिसँग भेटेर वडाध्यक्षसँग प्रभावित क्षेत्रको अवस्था र आवश्यकताबारे जानकारी लिइन्।र
न्यान्सीले फिल्म ‘अक्षरा’को प्रवर्धन अभियान स्थगित गरेर बाढीपीडितलाई सहयोग गर्न नुवाकोट आएको बताइन्।






























