राष्ट्रपतिसँग प्रधानमन्त्री बालेनको भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री बालेन शाहले भेटवार्ता गरेका छन् । आज शीतल निवास पुगेर प्रधानमन्त्री बालेनले राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् ।

भारत भ्रमणबाट फर्किएको पाँच दिनपछि उनी शीतल निवास पुगेका हुन् । भारतको दुईदिने भ्रमणमा जाने बेला भने प्रधानमन्त्री बालेनले राष्ट्रपतिसँग नभेटेको टिप्पणी हुँदै आएको थियो ।

आज रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपतिलाई भेटेर फर्किएलगत्तै प्रधानमन्त्री बालेन पनि शीतल निवास पुगेका हुन् ।

भेटमा भारत भ्रमण, अध्यादेश र सरकारका कामकारबाहीबारे छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।