काठमाडौं । स्वदेशमै रोजगारी नपाएपछि कामको खोजीमा नेपालीहरू तीन वर्षमा २१ लाख ४१ हजार युवा पलायन भएका छन् ।
विगत तीन वर्षको तथ्यांकले प्रत्येक वर्ष सात लाख भन्दाबढी युवाहरु पलयान हुने गरेका छन् । विदेश जान श्रम स्वीकृति लिने युवामध्ये ६४ प्रतिशत नयाँ अनुहार रहने गरे पाइएको छ ।
गत आवमा रोजगारी खोज्दै ७ लाख ४० हजारभन्दा बढी युवा बिदेसिएको वैदेशिक रोजगार विभागको तथ्यांकले जनाएको छ । यो तथ्यांक हेर्दा वैदेशिक रोजगारको ३० वर्षको इतिहासमा यो सबैभन्दा बढी हो ।
सरकारले श्रम स्वीकृति लिएर विदेश जान अनुमति दिएको तथ्यांक राख्न थालेको ३० वर्षमध्ये अघिल्लो आव र गत आवमा सबैभन्दा बढी श्रमिकले वैदेशिक रोजगारीका लागि अनुमति लिएको तथ्यांकले देखाएको छ ।




















