काठमाडौं । नेप्को इन्टरटेनमेन्ट प्रा.लि.द्धारा आयोजित नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८० को आवेदन फराम खुल्ला हुने भएको छ ।
नेपाली मौलिक कला संस्कृतको संरक्षण तथा प्रबर्द्धन गर्ने उद्देश्यले नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८० आयोजना गर्न लागेको अवार्ड कार्यक्रमका अध्यक्ष जीत बहादुर रावतले जानकारी दिएका हुन् ।
अवार्ड २०८० को फारम आउदो २०८० भाद्र १ गते शुक्रबार देखि आधिकारिक रुपले फारम खोलिने समितिले निर्णय गरेको रावलले बताए ।
कार्यक्रमलाई दुई भागमा बिभाजन गरिएको छ। पहिलो चरणमा उत्कृष्ट टप ५ मा पर्ने नोमिनीजहरूलाई प्रमाणपत्रले सम्मान गर्ने,र दोस्रो चरणमा उत्कृष्ट ५ मध्यबाट प्रथम हुने विजेतालाई प्रमाणपत्र र ट्रफी हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।
नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८० मा सहभागी हुने फाराम भदौ महिनाको १ गतेबाट खुल्ला हुने,र फारम अनलाइनबाट भर्न सकिने आयोजकले जनाएको छ ।
अवार्डमा मौलिम लोकगीत, आधुनिक, लोकदोहोरी, पप, राष्ट्रिय भावनाको गीत, गायक, गायिका, संगीतकार, म्यूजिक भिडियो, मोडल, छायांकार, निर्देशक, सम्पादक, एरेन्जर, चाडपर्व, लाईभ दोहोरीसहित ३७ वटा विधा समावेश हुने
आयोजक रिवेश रिजालले जानकारी दिए ।
सम्पुर्ण गीत संगीतकर्मिहरुलाई आ-आफ्नो बिधामा बिधाअनुसार फारफ भर्नको लागि अनुरोध गरेको रिजालले बताएका छन्।
उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएपछि भोटिङ गर्न पाउने छन् भने, भोटिङ जुनसुकै देशबाट गर्न सकिने कार्यक्रम संयोजक सुर्य बहादुर मगरले बताए ।
अवाडर्को डिजिटल भोटिङ AVENTOZ NEPAL Pvt. Ltd. सँग सम्झौता गरिएको संयाेजक मगरले जनाए।
नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८० कार्यक्रममा प्रधानमन्त्री प्रमुख अतिथि, नेपाल सरकारका बिशिस्ट ब्यक्तित्वहरू, सफल गीत संगीत व्यावसायि, बरिस्ठ गीतकार, अग्रज कलाकारहरू बिशेष अतिथि र उद्योगी, व्यावसायिहरू र विभिन्न संघ-संस्थाका प्रमुखहरू अतिथिको रूपमा रहने कार्यक्रम संजोजक मगरले जानकारी दिए।
त्यस्तै, कार्यक्रममाे प्रबन्ध निर्देशक डि.बि. थापा हुन्।
नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८० कार्यक्रमको उद्देश्य :-
नेपाली लोक गीत तथा संगीतको सम्बर्द्धन र प्रबर्द्धन गर्नु ।
नेपाली लोक गीत संगीतलाई अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गर्नु ।
नेपाली मौलिक भाषिक लोक संस्कृतिको सम्बर्द्धन तथा प्रबर्द्धन गर्नु।
संगीत व्यावसायि, उत्पादक, प्रकाशक र श्रोता दर्शकलाई एकैथलोमा जम्मा गरि गीत तथा संगीतको माध्यमबाट सचेतना फैलाउने अभियान चलाउनु।
उपभोक्ता समक्ष उनीहरूले प्रयोग बस्तुसँगै संगीतलाई संगीत मैत्री बनाउने कार्यलाई विस्तार गर्ने ।
नेपालको मौलिक कला संस्कृतको परिचय हुने गरि विविध मौलिक गीत संगीत प्रस्तुत गरि नेपाली गीत संगीत क्षेत्रमा टेवा पुर्याउने जस्ता रहेको छन्।